ad ad

राजनीति


एमससीसी उपाध्यक्ष फातिमा दूतावासबाट सिधै बालकोट जाँदै

पहिलो भेट एमाले अध्यक्ष ओलीसँग
एमससीसी उपाध्यक्ष फातिमा दूतावासबाट सिधै बालकोट जाँदै

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १२:२६, काठमाडौँ

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सिधै भक्तपुरको बालकोट जाने भएकी छन्। 

बिहीबार बिहान काठमाडौं उत्रिएकी उनी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न महाराजगञ्जबाट सिधै बालकोट जान लागेकी हुन्।

उनी अहिले दूतावासका अधिकारीहरुसँग आन्तरिक छलफलमा छिन्। सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहित काठमाडौं आइपुगेकी उनलाई सरकारले कडा सुरक्षा व्यवस्था दिएको छ। 

फातिमा दिउँसो २ बजे बालकोट पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग पहिलो राजनीतिक भेटघाट गर्न लागेकी हुन्।

एमसीसीलाई लिएर एमाले अहिलेसम्म अनिर्णित छ। सरकारमा रहँदा ओलीले पारित गर्न तयार रहेको बताए पनि प्रतिपक्षमा गएसँगै एमसीसीलाई लिएर एमाले अनिर्णित देखिएको हो। 

अध्यक्ष ओलीले एमसीसी पास गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय सत्तारुढ गठबन्धनको रहेको बताउँदै आएका छन्। उनले केही दिनअघि संसदी दलको बैठकमा सरकारले झुक्याएर एमसीसी पास गर्न लागेको आरोप लगाएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .