ad ad

राजनीति


एमसीसीबारे नेपालले राखेका ११ जिज्ञासामा अमेरिकाले दियो एक–एक जवाफ (पूर्ण पाठ)

एमसीसीबारे नेपालले राखेका ११ जिज्ञासामा अमेरिकाले दियो एक–एक जवाफ (पूर्ण पाठ)

नेपालखबर
भदौ २३, २०७८ बुधबार २२:३, काठमाडौँ

नेपालले एमसीसीमा रहेका अस्ष्टताबारे राखेका ११ जिज्ञासाका एक एक  जवाफ अमेरिकाले दिएको छ। 

नेपालको पहिलो प्रश्न छ : अनुदान, सहयोग, उपहार आदिमा लिने दिनेका बीच सर्तनामा हुँदैन। त्यस्तो दान, सहयोग, उपहार, अनुदानको दुरुपयोग नहोस् भन्ने दाताको मनसाय मात्र हुन्छ। कतिपय घोषित वा अघोषित उद्देश्यहरू समय, काल र परिवेशले स्पष्ट हुन्छ। एमसीसीसँग सम्झौताको पछाडि नितान्त निःस्वार्थ सहयोग रहेको थियो भन्ने आधार के छ? 

जवाफमा भनिएको छ : एमसीसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नु हो। नेपालमा एमसीसीको लक्ष्य नेपाली नागरिकको जीवनस्तर तीव्र गतिमा सुधार गर्नु रहेको छ। एमसीसी नेपाल कम्प्याक्ट, नेपाल सरकारले नै आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण ठहर्याइ चयन गरेका विद्युत् प्रसारण र सडक मर्मतसम्भार परियोजनाहरू सम्पन्न गर्नाका निम्ति नेपाललाई उपलब्ध गराएको अनुदान हो। नेपाल सरकारसँग सहमति गरेर एमसीसी नेपाल कम्प्याक्टमा समावेश गरिएका सर्त तथा मापदण्डहरू अन्य देशसँगका एमसीसी कम्प्याक्टमा समाविष्ट सर्त तथा मापदण्डअनुरूप नै छन् र कम्प्याक्ट परियोजनाहरू पाँच वर्षको समयसीमाभित्र नै उच्च प्राविधिक तथा वातावरणीय मापदण्डबमोजिम सम्पन्न हुन् र अनुदान रकमको दुरुपयोग नहोस् भन्ने सुनिश्चित गर्नका निम्ति आवश्यक छन्। कम्प्याक्टका सर्तहरू उल्लंघन हुनेगरी अनुदान रकमको दुरुपयोग नभएमा यो रकम फिर्ता गर्नु पर्दैन। 

नेपालका ११ प्रश्नमा अमेरिकाले दिएका जवाफको पूर्ण पाठ (सुरुमा अंग्रेजीमा, तल नेपालीमा)–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .