ad ad

राजनीति


'नेपालको आकाशमा भारतीय हेलिकप्टर उड्नु यो सरकार होइन, ओली नै दोषी' (भिडियोसहित)

'नेपालको आकाशमा भारतीय हेलिकप्टर उड्नु यो सरकार होइन, ओली नै दोषी' (भिडियोसहित)

नेपालखबर
भदौ १९, २०७८ शनिबार २१:३५, काठमाडौँ

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेपालको आकाशमा भारतीय हेलिकप्टर उड्नुमा यो सरकार दोषी नभएको बताएकी छन्। 

सुनसरी सदरमुकाम इनरुवामा शनिबार आयोजित पार्टीको प्रथम नगर कमिटी भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन्। 

'नेपाली आकाशमा भारतीय हेलिकोप्टर उड्नुमा अहिले सरकार होइन, खड्ग ओली दोषी छन्', उनले भनिन्, 'हाम्रा सुरक्षाकर्मीका ब्यारेकमाथि छिमेकी (भारत) का गस्ती बढिरहेका छन्। यो आजको सरकारका कारण होइन, खड्ग ओलीको सरकारले छिमेकीप्रति सही कुटनीतिक व्यवहार गर्न नसकेको परिणाम हो।'

नेतृ झाँक्रीले एमसीसी पास गर्न मरिहत्ते गरेका एमाले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले त्यसकै विरोधमा उत्रिनु हाँस्यास्पद कुरा भएको बताएकी छन्। 

‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी कसेर लागिरहेका थिए,' उनले भनिन्, 'उनै फेरि आज एमसीसीको किन विरोध गर्दैछन्?'

महाकाली सन्धिमा राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफू अनुकूल ब्याख्या गरेकाले नयाँ पार्टी गठन गर्नु परेको तर्क उनले गरिन्। 

२०५३ सालमा महाकाली सन्धिलाई एमसीसी भन्दा ठूलो राष्ट्रघातको संज्ञा उनले दिइन्। झाँक्रीले महाकाली सन्धि हुँदा भीम रावल र केपी ओलीको पोजिसनबारे पनि प्रश्न उठाएकी छन्। 

भिडियोसहित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .