राजनीति


नेपाली राजनीतिमा एउटा सूर्य उदाएको छ : माधव नेपाल

नेपाली राजनीतिमा एउटा सूर्य उदाएको छ : माधव नेपाल

नेपालखबर
भदौ १३ , काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा एउटा चम्किलो तारा र सूर्य उदाएको बताएका छन्। 

समाजवादीको संसदीय दलको आइतवार बानेश्वरमा बसेको बैठकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

'नेपाली राजनीतिमा एउटा नयाँ तारा उदाएको छ', उनले भने, 'एकीकृत सजमावादीको नाममा नयाँ सूर्य उदाएको छ।'

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको लामो समयदेखिको संघर्षबाट यो पार्टी जन्मिएकाले जनतामाझ स्थापित हुने पनि बताए। 

'पुनर्गठित पार्टी नेकपा एकीकृत समाजवादी बलियो शक्तिका रुपमा उदाएको छ', उनले भने,'हामीले निकै लामो समयदेखि संसद र पार्टी दुवैतिर संघर्ष गरेका थियौँ। केपी ओलीजीका गलत व्यक्तिवादी विचार र दृष्टिकोणविरुद्ध संघर्ष गरेका थियौँ।'

तर आफूहरुले ओलीलाई सुधार्न नसकेको पनि उनले बताए। 'ओली सुध्रिन सकेनन्, सुध्रनु भन्दा पनि मानेनन्', उनले भने, 'पार्टीको भविष्य के होला भनेर चिन्ता थियो। न्यायका लागि लड्ने हामीहरु आफ्नै लागि लड्नुपर्यो।'

ओलीको अत्याचार धेरै सहेको उनले बताए। 'ओलीको अत्याचार सहँदै सहँदै आयौँ ', उनले भने, 'बजेट बाँडफाँटमा पनि विभेद गरे। ओलीले अध्यक्ष भएदेखि हामीमाथि अन्याय गरिरहे।'

भदौ १३, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad