राजनीति


तालिबानको कब्जामा परेको अफगानिस्तानबारे छलफल गर्न जी–सेभेनेको आपतकालीन बैठक आह्वान

तालिबानको कब्जामा परेको अफगानिस्तानबारे छलफल गर्न जी–सेभेनेको आपतकालीन बैठक आह्वान

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अमेरिकाका राष्ट्रपति जो बाइडेन।


नेपालखबर
भदौ ७, २०७८ सोमबार १५:२९, काठमाडौँ

तालिबानले कब्जा गरेपछि अफगानिस्तानको परिवर्तित अवस्थाबारे छलफल गर्न संसारका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात राष्ट्रको समूह जी–सेभेन अर्थात् ग्रुप अफ सेभेनको आपतकालीन बैठक बोलाइएको छ। 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच संवादपछि जी–सेभेनको भर्चुअल बैठक मंगलबार गर्ने सहमति भएको हो। 

बेलायतको प्रधानमन्त्री कार्यालयकाअनुसार दुई राष्ट्रपतिबीच भएको कुराकानीमा अफगानिस्तानमा देखिएको मानवीय संकट समाधानका लागि विश्व समुदाय एकजुट हुनुपर्नेमा एकमत भएको छ। 

यस वर्ष जी–सेभेनको नेतृत्व बेलायतले गरेको छ। 

जी–सेभेनमा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान छन्।

ह्वाइस हाउसले विज्ञप्ति जारी  गरी जी–सेभेनकाे बैठकमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएको विषयमा संयुक्त रणनीति र दृष्टिकोणका विषयमा छलफल गरिने जानकारी दिएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .