राजनीति


एमाले बैठक रोकिएपछि दोस्रो तहका नेताबीच छलफल

एमाले बैठक रोकिएपछि दोस्रो तहका नेताबीच छलफल

नेपालखबर
साउन २४, २०७८ आइतबार १३:१३, काठमाडौँ

प्रमुख प्रतिपक्षी  नेकपा एमालेले आइतबारका लागि डाकेको केन्द्रीय कमिटी बैठक स्थगित गरेपछि दोस्रो तहका नेता छलफलमा जुटेका छन्। पार्टीको एकता बचाइराख्न भन्दै दोस्रो तहका नेताहरुले छलफल थालेका हुन्। 

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले एमाले मिलाउने निर्णय लिन डेडलाइनका आजसम्मलाई ओलीलाई समय दिएको छ। नेपाल पक्षको डेडलाइन अनुसार ओली पक्षले आजको बैठक स्थगित गरिएको छ।

नेपाल पक्षको दबाबपछि ओली पक्षले  बैठक स्थगित गरेर छलफल थालेको हो। स्रोतका अनुसार नेपाल पक्षले बैठक स्थगित गर्न उपाध्यक्ष भीम रावलमार्फत अध्यक्ष ओलीलाई आग्रह गरेको छ। त्यहीकारण  बैठक स्थगित भएको हो। 

बैठक स्थगित गरिएपछि  असार २७ मा १० बुँदे सहमति गरेपछि विघटनमा परेको एमाले कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन्। छलफलमा सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल र सुरेन्द्र पाण्डेसहितका नेताहरु रहेका छन्।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले नेपाल पक्षका नेताहरुसँग छलफल भइरहेको बताएका छन्। विघटित कार्यदलका सदस्यहरूबीच आइतवार बिहानैदेखि गोप्य छलफल भइरहेको छ।

‘एमाले मिलाउन अनौपचारिक रुपमा नेताहरुबीच वार्ता भइरहेको छ', उनले भने, 'माधव पक्षहरू भोलिको बैठकमा आउनुहुनेछ, विकल्प छैन। भोलिको बैठकमा  नआउनेहरु छुट्न सक्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad