लुम्बिनी प्रदेशमा ४१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित विपक्षी दलका सांसदहरुले सरकारमा दाबी गरेका छन्।
विपक्षी दलहरु कांग्रेस, माओवादी र जनता समाजवादी दलका ४१ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाए नयाँ सरकारमा दाबी गरेका हुन्।
विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न मागसहित निवेदन दिएको हो।
विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परिसकेको दाबीसहित बहुमत सदस्यहरु आफ्नो पक्षमा रहेको पनि जिकिर गरेका छन्। उनीहरुले मुख्यमन्त्री पोखरेलले तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवसँगको मिलेमतोमा अल्पमतमा रहेर पनि जबरजस्ती सरकार चलाइरहेको पनि जिकिर गरेका छन्।
36
Shares
प्रतिक्रिया