ad ad

राजनीति


जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन

नेपालखबर
साउन १६, २०७८ शनिबार १५:१८, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएका छन्। उनी शनिबार सर्वसम्मत जसपा संसदीय दलको नेता चयन भएका हुन्।

जसपाका नेता मोहम्मद इस्तियाक राईले अध्यक्ष यादव सर्वसम्मत रूपमा दलको नेता चयन भएको जानकारी दिएका छन्। यससँगै शेरबहादुर देउवाको गठबन्धन सरकारमा जसपाबाट यादवले नेतृत्व गर्ने पक्का भएको छ। 

जसपाले दलको नेता चयन गरेसँगै अब देउवालाई मन्त्रिपरिषद् विस्तारका लागि पनि सजिलो भएको छ। जसपाले दलको नेता चयन गरेसँगै उसको भागमा परेका मन्त्रालयमा पठाउने अनुहारको पनि टुंगो गर्नेछ। 

जसपा र माओवादीले सूची पठाएपछि देउवाले मन्त्रिमण्डल विस्तार गर्नेछन्। सम्भवत: अबको केही दिनमा मन्त्रिमण्डल विस्तार हुनेछ। जसपालाई देउवा सरकारमा कम्तीमा चार मन्त्रालय मिल्दैछ। तर जसपाले ६ वटा चाहिने अडान राखेको छ। 

राईका अनुसार संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रस्ताव र सांसद महेन्द्र यादवको समर्थनमा यादवलाई दलको नेतामा चयन गरिएको जानकारी दिए। महन्थ ठाकुर पक्ष पार्टीविहीन भएको अवस्थामा दलको नेता चयन भएसँगै यादव झन् शक्तिशाली बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .