ad ad

राजनीति


स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

नेपालखबर
साउन १०, २०७८ आइतबार १५:४६,

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन्।

कांग्रेसका सांसद श्रेष्ठ ललितपुरको लिटिल एन्जल्सका सञ्चालक हुन्। श्रेष्ठ प्याब्सनका पूर्वअध्यक्ष समेत हुन्।

संविधानको धारा ७६ को उपधारा ९ अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरिएकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ।

स्वास्थ्यमन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री आफैँले राखेका छन्।

कोरोना महामारीको समयमा लामो समयसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कसैलाई पनि तोक्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .