राजनीति


शंकर पोखरेलले गरे भीम रावलको प्रतिरक्षा

शंकर पोखरेलले गरे भीम रावलको प्रतिरक्षा

नेपालखबर
साउन ९, २०७८ शनिबार ६:३,

नेकपा एमालेका नेता शंकर पोखरेलले सांसद पदको राजीनामा फिर्ता लिएका पार्टीका उपाध्यक्ष भीम रावलको प्रतिरक्षा गरेका छन्।

वरिष्ठ नेता माधव नेपाल पक्षका मानिने रावलले पार्टी एकताका लागि भन्दै यही साउन ३ गते प्रतिनिधि सभा सदस्य पदबाट दिएको राजीनामा हिजो शुक्रबार फिर्ता लिएका हुन्।  

राजीनामा दिएर पनि फेरि फिर्ता लिएको भन्दै कतिपयले उनको आलोचना गरिरहेका छन्।

यसै सन्दर्भमा ओलीपक्षीय नेता पोखरेलले रावलको प्रतिरक्षा गरेका हुन्।  

‘राजीनामा होल्ड गरेर राख्दा नबोल्नेहरू राजीनामा फिर्तापछि विरोधमा खनिएका छन्,’ लुम्बिनी प्रदेशशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले भनेका छन्, ‘रावलजी पार्टी विभाजनको विपक्षमा उभिदाको रोइलो त होला!’

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता माधवकुमार नेपालसँग विमति भएपछि रावलले प्रतिनिधि सभा बैठक (साउन ३ गते) सुरु हुनुअघि रावलले सांसद पदबाटै राजीनामा दिएका थिए; सभामुख अग्नि सापकोटासमक्ष बुझाएका भए पनि स्वीकृत हुन बाँकी थियो। तर पार्टीका नेता, कार्यकर्ता,  मतदातालगायत सबै पक्षले व्यापक आग्रह गरेकाका कारण आफूले फिर्ता लिएको रावलले बताएका छन्। 

यो पनि : ​यसकारण राजीनामा फिर्ता लिएँ : भीम रावल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .