ad ad

राजनीति


रामचन्द्रको प्रस्ताव : कांग्रेसको वैधानिकता गुम्न नदिन प्रदेश र केन्द्रको मात्रै निर्वाचन

रामचन्द्रको प्रस्ताव : कांग्रेसको वैधानिकता गुम्न नदिन प्रदेश र केन्द्रको मात्रै निर्वाचन

फाइल फाेटाे


नेपालखबर
साउन ८, २०७८ शुक्रबार १९:४०,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेजतर्फ सचेत गराउँदै उनले त्यसमा कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोध गरे।

पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह ‘मृत्यसँगको साक्षात्कार’को बिमोचन गर्दै उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता जोगाउन पार्टीको केन्द्रीय कार्य समितिको निर्वाचन र प्रदेश समितिको मात्रै निर्वाचन गराउन उपयुक्त हुने प्रस्ताव समेत अघि सारे। पार्टीको वैधानिकतालाई जोगाउन यसो गरेर अघि बढ्नु बाध्यकारी अवस्था रहेको वरिष्ठ नेता पौडलको तर्क थियो। 

‘हामी यत्रो ठूलो गौरवशाली पार्टीको दर्ता खारेज हुने रिस्क मोल्न तयार छैनौं। पार्टीको वैधानिकतालाई जोगाउनका लागि केन्द्रीय समितिको निर्वाचन र प्रदेश समितिको निर्वाचन गराऔं। यसका लागि तत्काल यो क्रियाशील सदस्यता टुंगो लगाऔं। महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनु पर्यो। यसो गरेर भएपनि हाम्रो पार्टीको वैधानिकता बचाउनका लागि कटिवद्ध भएर लाग्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्दछु।’

वरिष्ठ नेता पौडेलले शुक्रबार (आज) विहान बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैैठकमा सभापति शेरबहादुर देउवा र आफूले समेत तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेर जानुपर्नेमा जोड दिएको पनि स्मरण गराए। त्यसका लागि केन्द्रीय कार्य समिति र प्रदेश निर्वाचन समितिको मात्रै निर्वाचन गरेर महाधिवेशन सम्पन्न गर्न सकिने उनको प्रस्ताव छ।

फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले राजनीति र साहित्यलाई सँगै अघि बढाएर सफलता प्राप्त गर्न निकै ठूलो साधनाको आवश्यक्ता रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .