राजनीति


संसदमा नेम्वाङको कटाक्ष : देउवाले सरकारमा जाने जनादेश कहाँबाट पाएछन्?

संसदमा नेम्वाङको कटाक्ष : देउवाले सरकारमा जाने जनादेश कहाँबाट पाएछन्?

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १३:४५,

प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा जान पाएको जनादेशबारे संसदमा प्रश्न उठाएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेम्वाङले जनताले प्रतिपक्षमा बस्न कांग्रेसलाई जनमत दिए पनि अहिले सत्तामा पुगेको भन्दै कटाक्ष गरे।

'यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले हामीलाई यस पटक जनताले जनादेश दिएका छैनन्, त्यसैले म सरकारमा जानेवाला छैन भनेको सुनेको थिएँ', उनले भने, 'तर अहिले बधाई दिनुपर्ने अवस्था आयो। देउवाले जनादेश कहिले पाए मलाई थाहा छैन। तर बधाई दिन म संसदमा उभिएको छु।'

नेम्वाङले अहिले कांग्रेस नेतृत्वको सरकार बनेकोकाले स्वभाविक रुपमा एमाले प्रतिपक्षमा बसेको बताए। 'एक मिनेट ढिलो नगरी जिम्मेवार प्रतिपक्षका रुपमा भूमिका खेल्छौँ। कसबाट सिकेको हो कुन्नि हामी पहिलो दिन नै हाउस अवरुद्ध गर्थ्यौँ। साथीहरुले त पहिलो दिन नै अवरुद्ध गरेका थिए', उनले भने, 'तर हामी रचनात्मक प्रतिपक्षका रुपमा काम गर्छौँ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .