सर्लाहीको बागमती नगरपालिका–१२ नयाँ बस्तीमा शनिबार जनयुद्धका एक सहीद परिवारको घर शिलान्याश गरिएको छ।
माओवादी केन्द्र सर्लाही जिल्ला कमिटीले निर्माणको जिम्मा लिएको सहीद इन्द्र कोइरालाको घरको शिलान्याश गरिएको हो।
माओवादीका केन्द्रीय सदस्य अच्युतम काफ्ले, एमालेका प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, माओवादीका जिल्ला सचिव कमल बुडाथोकी, जिल्ला समन्वय समिति, सर्लाहीका उप-सभापति जमुना पराजुली, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले संयुक्त रुपमा घर निर्माण कार्यको शिलान्याश गरेका हुन्।
कोइराला परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले पार्टीले घर निर्माणको जिम्मा लिएको नेता बुढाथोकीले जानकारी दिए। ट्वाइलेट बाथरुमसहितको तीन कोठे घर निर्माणमा झण्डै १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको निर्माण समिति संयोजक माओवादीका युवा नेता सन्देश श्रेष्ठले बताए।
सर्लाहीको साविक राजघाट गाविस-३ निवासी कोइरालाले जनयुद्धका क्रममा ०५५ साल कात्तिक १० गते ज्यान गुमाएका थिए। उनका श्रीमती दुई छोरा र दुई छोरी छन्।
Shares

प्रतिक्रिया