ad ad

राजनीति


अमेरिकी सेनालाई सघाउने दोभासेहरु तालिबानको जोखिममा परेपछि अमेरिकाले उद्धार गर्ने

अमेरिकी सेनालाई सघाउने दोभासेहरु तालिबानको जोखिममा परेपछि अमेरिकाले उद्धार गर्ने

(फाइल तस्बिर)


नेपालखबर
असार ३१, २०७८ बिहिबार १२:५९,

अमेरिकी सेनालाई अफगानिस्तानमा अनुवाद गर्न सहयोग गर्ने दोभासेहरु तालिबानको जोखिममा परेपछि अमेरिकाले उनीहरुलाई उद्धार गर्ने भएको छ।

हाल अमेरिका लगायत नेटोमा आवद्ध सेनाहरुले अफगानिस्तान छाड्न थालेका छन्। यसबीचमा अमेरिकाले नेतृत्व गरेको सुरक्षा फौजलाई अनुवादमा सहयोग गरेका अफगान दोभासेहरूमाथि तालिबानले आक्रमण गर्नसक्ने सम्भावना बढेको छ।

जसका कारण उनीहरुलाई उद्धार गरेर अमेरिका लैजान तयारी भएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाइट हाउसका अनुसार ‘अपरेसन एलिज रिफ्युजी’ अनुसार यस महिनाको अन्तिमदेखि उद्धार कार्य सुरुवात हुनेछ।

अमेरिकी सेनालाई अनुमावदमा सहयोग गर्ने व्यक्तिहरु बहादुर भएको बताउँदै ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले भनेकी छिन्,‘यी बहादुर व्यक्तिहरू हुन्। उनीहरूले विगत धेरै वर्षहरूमा खेलेको भूमिकालाई हामी सम्मान गर्न र त्यसको महत्त्व बुझ्न चाहन्छौँ।’

अधिकारीहरुका अनुसार सुरुवाती चरणमा झन्डै २,५०० जनालाई उद्धार गरिने र उनीहरूको भिसासम्बन्धी कामहरू भइरहँदा उनीहरूलाई अमेरिकामै वा अन्य कुनै राष्ट्रमा अमेरिकी सेनासँगै राखिने छ।

यो पनिः अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि चीनले त्यहाँ प्रभाव बढाउन खोज्दै

- अफगानिस्तानबाट अमेरिकी सेना फर्किँदै, नेटोका शीर्ष कमान्डरले जिम्मेवारी सुम्पिए

आत्मसमर्पण गरेका २२ अफगान कमान्डोमाथि तालिबानले गोली हानेको भिडिओ सार्वजनिक

- बेइजिङले चिन्ता व्यक्त गरेपछि तालिबानले भन्योः हामी चीनलाई सहयोगीको रुपमा लिन्छौं
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .