राजनीति


कांग्रेसबाट ज्ञानेन्द्र कार्कीले मन्त्रीको शपथ लिने

कांग्रेसबाट ज्ञानेन्द्र कार्कीले मन्त्रीको शपथ लिने

नेपालखबर
असार २९, २०७८ मंगलबार १७:३३,

नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीले आज पहिलो चरणमा मन्त्रीको शपथ लिने निश्चित भएको छ। 

यसअघि अर्थमन्त्री रहिसकेका पार्टी सभापति शेरबहादुर देउवा निकट नेता कार्कीको मन्त्रालय भने टुंगो लागिसकेको छैन।  

कार्कीसँगै कांग्रेसबाट अर्को एक मन्त्रीले सपथ लिने संभावना रहेको स्रोतले जनाएको छ। संभवतः बालकृष्ण खाँडले पनि मन्त्रीको सपथ लिनेछन्। 

अहिले केहीबेर पछि प्रधानमन्त्री देउवाको सपथ लगत्तै कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई जना सहित चार मन्त्रीहरूले सपथ लिने तयारी छ। 

माओवादी केन्द्रले पहिलो चरणमा जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्रीमा पठाउने निर्णय गरिसकेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .