प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान मात्रै बालुवाटारबाट सर्ने भएका छन्।
यसअघि प्रधानमन्त्री ओली मंगलबार नै भक्तपुरको बालकोटस्थित निवास सर्ने समाचारहरु आएका थिए।
'यो अचानकको अवस्थामा हो। तयारी नपुगेको कारण भोली बिहान ११ बजेमा मात्रै निवास सर्नुहुनेछ' , प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले भने, 'आज दिउँसो उहाँले देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम छ।'
सम्बोधनको कारण प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आजका लागि आह्वान गरेको केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक समेत स्थगित गरिएको एमालेले जनाएको छ।
30
Shares
प्रतिक्रिया