ad ad

राजनीति


सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि ४ बजे बोलाइयो कांग्रेसहित गठबन्धनको बैठक

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि ४ बजे बोलाइयो कांग्रेसहित गठबन्धनको बैठक

नेपालखबर
असार २८, २०७८ सोमबार १३:५७,

सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि कांग्रेससहितको गठबन्धनको बैठक बोलाइएको छ।

आज अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाइएको हो ।

सर्वाेच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै भोलि ७ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

कांग्रेसका नेता रमेश लेखकले गठबन्धनकै कारण राजनीतिक कोर्स र संविधान रक्षा भएकोले बैठक बस्नलागेको बताए।

उनले भोलि ७ बजेभित्र देउवा प्रधानमन्त्री नियुक्त भइसक्ने र त्यसको एक महिनाभित्र विश्वासको मत पनि लिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .