अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा मेक्सिकोका लागिसमेत गैर आवासीय राजदूत नियुक्त भएका छन्।
डा. खतिवडालाई मेक्सिकोका लागि जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले आइतबार जनाएको छ।
डा. खतिवडालाई नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मेक्सिकोका लागि समेत गैर आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ।
12
Shares
प्रतिक्रिया