ad ad

राजनीति


केन्द्रीय सदस्यलाई चुनावको तयारीमा जुट्न निर्देशन दिँदै एमालेले गर्‍यो ५ निर्णय

केन्द्रीय सदस्यलाई चुनावको तयारीमा जुट्न निर्देशन दिँदै एमालेले गर्‍यो ५ निर्णय

नेपालखबर
असार १९, २०७८ शनिबार १७:३८,

आफ्ना केन्द्रीय सदस्यहरूलाई आगामी मंसिरका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै नेकपा एमालेले  शनिबार ५ निर्णय गरेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी  एमालेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्। 

यी हुन्, बैठकले गरेका ५ निर्णय 

१. पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने, केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने।

२. विधान महाधिवेशन साउन २५–२७ काठमाडौंमा गर्ने, तयारीका लागि : अध्यक्ष ओली– राजनीति प्रतिवेदन, ईश्वर पोखेरेल– सांगठनिक, विष्णु पौडेल– विधान, रामबहादुर थापा– व्यवस्थापनको जिम्मेवारीमा।  

३. भदौ–५ वडा, भदौ १५– पालिका अधिवेशन गर्ने। 

४. विभाग गठन– स्थायी कमिटीबाट अन्तिम रूप दिने। 

५. निर्वाचनको तयारीमा पार्टी पंक्ति जुट्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .