ad ad

अन्य


विभिन्न कार्यक्रम गरेर मनाइयो पाँचौँ जनार्दन स्मृति संस्कृत दिवस

विभिन्न कार्यक्रम गरेर मनाइयो पाँचौँ जनार्दन स्मृति संस्कृत दिवस

नेपालखबर
भदौ १५, २०७९ बुधबार १८:३७, काठमाडौँ

डीएभी सुशील केडिया विश्वभारती विद्यालयको आयोजनामा संस्कृतका ज्ञाता तथा सञ्चार क्षेत्रका जानकार स्व. जनार्दन घिमिरेको पाचौँ स्मृति दिवस कार्यक्रम गरी मनाइएको छ। 

सो अवसरमा ‘पञ्चम जनार्दन स्मृति संस्कृत दिवस २०७९ कार्यक्रम  विगतका वर्षहरूमा जस्तै त केही भिन्न प्रस्तुतिका साथ कार्यक्रमको समापन भएको हो। 

दुई चरणमा आयोजना भएको कार्यक्रमको पहिलो चरण प्रतियोगितात्मक कार्यक्रमहरूका साथ प्रारम्भ भएको थियो भने दोस्रो चरणको कार्यक्रम औपचारिकरूपमा पुरस्कार वितरण एवं आशीर्वचनका साथ समापन भएको थियो। 

प्रथम चरण अन्तर्गत वक्तृत्वकलाप्रतियोगिता, श्लोकवाचनप्रतियोगिता, भजनगायन प्रतियोगिता एवं शास्त्रीय नृत्य प्रतियोगिता भएको थियो । प्रतियोगितात्मक कार्यक्रमहरूको निर्णायक पदको भूमिकामा नेपाल संस्कृत विश्वविद्यालयका साथै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकज्युहरूको उपस्थिति रहेको थियो। 

जसमा त्रिभुवन विश्वविद्यालयको तर्फबाट उपप्राध्यापक रोहिणीराज तिमिल्सिनाज्युको उपस्थिति थियो भने नेपाल संस्कृत विश्वविद्यालयको तर्फबाट उपप्राध्यापक केशवशरण अर्यालज्युको उपस्थिति रहेको थियो। 

विभिन्न प्रतिस्पर्धामा काठमाण्डौँ र काठमाण्डौँ बाहिरका जिल्लाहरूबाट समेत  गरि करिब ३० वटा विद्यालयका १६० जना भन्दा बढी प्रतियोगी विद्यार्थीहरूको साथै शिक्षक प्रतिनिधिज्युहरूको पनि सहभागिता थियो। 

वक्तृत्वकला प्रतियोगितामा प्रथमस्थानमा  महेश संस्कृत गुरूकुलम् विजयी भयो भने द्वितीय स्थान नेपाल वेद विद्याश्रमले प्राप्त गर्दा तृतीय स्थान कान्ति भैरव गुरूकुलको रह्यो । श्लोकवाचन प्रतियोगितामा पनि महेश संस्कृत गुरूकुलम्(ले न‌ै प्रथम स्थान प्राप्त गर्दा द्वितीय स्थान भने श्री नैमिषारण्य संस्कृत गुरूकुलमले प्राप्त गर्यो। तृतीय रिलायन्स इन्टरनेशनल एकेडेमी भयो। 

भजनगायन प्रतियोगितामा भने अतुल स्मृति गुरूकुलम्( ले प्रथम स्थान बाजि मार्न सफल भयो । अतुल स्मृति गुरूकुलम् प्रथम हुँदा महेश संस्कृत गुरूकुलम् भने द्वितीय भयो । तृतीय स्थान भने रिलायन्स इन्टरनेशनल एकेडेमीले प्राप्त गर्यो। 

समग्र कार्यक्रममा गरि श्लोकवाचन र वक्तृत्वकलामा प्रथमस्थान प्राप्त गरेको महेश संस्कृत गुरूकुलम्(ले भजनगायनमा द्वितीय  स्थान प्राप्त गर्दै लगातार तीन पटकसम्म सर्वोत्कृष्ट पुरस्कार जित्न सफल भयो । कार्यक्रम सञ्चालन भएको ३ वर्ष सम्म नै लगातार  सर्वोत्कृष्ट रूपमा विजयी भएर गुरूकुलले रनिङ्ग शिल्डमा समेत आफ्नो कब्जा जमायो । कार्यक्रम प्रत्येक वर्ष विशाल एवं व्यवस्थित भइरहेको अनुभव प्रत्येक उपस्थित व्यक्तित्वहरूमा थियो। 

कार्यक्रमको अध्यक्षता डी ए भी सुशील केडिया विश्वभारती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  अनिल केडियाज्युले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा। जगमान गुरूङ्ज्युको उपस्थिति रहेको थियो ।  विद्यालयकी प्राचार्य डा। भुवनेश्वरी राव, उपाचार्य रामचन्द्र खनालको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। 

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा।डा भागवत ढकाल, मूर्धन्य व्यक्तित्व प्रा।डा भवानीप्रसाद खतिवडा, वरिष्ठ वास्तुविद् एवं ज्योतिर्विद् डा. वासुदेव कृष्ण शास्त्री ज्युको उपस्थिति रहेको थियो । स्व। जनार्दन घिमिरेकी धर्मपत्नीको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .