जम्मु कश्मीरमा सोमबार दिउँसोदेखि सबै फोन सेवाका पोस्टपेड मोबाइल सेवा सञ्चालन गरिएको छ।
जम्मु कश्मीरका मुख्य सचिव रोहति वंसलले ७२ दिनपछि सोमबार दिउँसो १२ बजेदेखि कश्मीरका सबै जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन भएको जानकारी दिएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।
सुरक्षा स्थिति मूल्यांकनपछि जम्मु कश्मीरका सबै भागमा मोबाइल सेवा सञ्चालन गर्ने निर्णय भएको वंसलले बताए।
भारतीय संविधानबाट धारा ३७० मा रहेका प्रावधान हटाएका कारण सुरक्षा खतरा बढ्ने सम्भावना रहेको भ्रन्दै भारत सरकारले सम्पूर्ण जम्मु कश्मीरमा गत अगस्ट ५ तारिखदेखि सबै टेलिकम नेटवर्क र ल्यान्डलाइन सेवा बन्द गरेको थियो।

प्रतिक्रिया