छापा खबर


सोझा नेता चित्रबहादुर केसीमाथि प्रशासनले थाल्यो छानविन

सोझा नेता चित्रबहादुर केसीमाथि प्रशासनले थाल्यो छानविन

नेपालखबर
असोज ९, २०७६ बिहिबार ०:४०,

सोझा नेता मानिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई नातिलाई जापान पठाउने लोभमा गैरकानुनी रुपमा बाबुआमा नै परिवर्तन गरिदिएको खुलेपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङले छानविन समिति गठन गरेको छ।

चित्रबहादुरले जेठा छोरा सचिन केसीका दुई छोरालाई जापानमा बस्दै आएका कान्छा छोरा विष्णु केसीका छोरा बनाएर नावालिग परिचयपत्र बनाई त्यसैको आधारमा राहदानीसमेत निकालेको पाइएको छ।

आजको शुक्रबार साप्ताहिकको फलोअप समाचारअनुसार नाबालिग परिचयपत्र जारी गरेपछि राखिने सरकारी अड्डाको विवरण र समाचारमा आएको विवरणसँग हुबहु मिलेपछि छानविन अगाडि बडाउन गृहबाट निर्देशन आएपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङले छानविन समिति गठन गरेको हो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी धीरेन्द्रराज पन्तको नेतृत्वमा गठन गरिएको समितिमा अर्का प्रशासकीय अधिकृत केशव लामिछाने र नायव सुब्बा विष्णुप्रसाद ढकाल सदस्य छन्।

नावालिग प्रमाणपत्र नागकिता समान हो।

दुई नातिका बाबुआमा बदल्न चित्रबाहादुरबाट भएको कामले नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad