छापा खबर


के हो ब्लड क्यान्सर ? कस्ता हुन्छन् यसका लक्षण ?

के हो ब्लड क्यान्सर ? कस्ता हुन्छन् यसका लक्षण ?

नेपालखबर
असोज ८, २०७६ बुधबार १:१८,

हड्डीको भित्री भाग अर्थात् बोनम्यारोमा रगत बन्ने गर्छ।

तीनवटा तत्व होमोग्लोविन, सेतो रक्तकोष र प्लेटलेट्स मिलेर रगत बनेको हुन्छ।

रातो रक्तकोषले शरीरमा चाहिने तत्व अर्थात् अक्सिजन र होमोग्लोविनको मात्रा कायम राख्छ।

त्यस्तै सेतो रक्तकोषले प्रतिरोधी क्षमता बढाउने र प्लेटलेट्सले रगत बग्नबाट जोगाउने काम गर्छ।

रगतको क्यान्सर हुनु भएको बोनम्यारोको क्यान्सर हुनु हो। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा कान्तिपुर अस्पतालका रगत तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा.अजयकुमार झाले लेखेका छन्।

बोनम्यारोमा क्यान्सरका सेल निर्माण हुन थालेपछि रगतसँगै शरीरको प्रत्येक अंगमा पुग्ने गर्छ।

क्यान्सरका सेलले होमोग्लोविन, सेतो रक्तकोष र प्लेटलेट्सको मात्रा बढाईदिन्छन्।

फलस्वरुप शरीरमा रगतको कमी हुने, अन्य संक्रमण फैलिने, रगत बगेर जानेजस्ता समस्या देखिन्छन्।

ब्लड क्यान्सर आफैँमा खतरनाक रोग हो। यसका धेरै प्रकार छन्।

बच्चामा एएलएल ब्लड क्यान्सर हुन्छ। जसलाई एक्युट ल्युक्यिमिया प्लास्टिक लिथोमिया भनिन्छ।

सबै क्यान्सर ब्लड जाँचेर मात्रै थाहा नहुन सक्छ। कतिपयमा बोनम्यारोको जाँच गरेपछि मात्र क्यान्सर भएको पत्ता लाग्छ।

ब्लड क्यान्सरमा आफैँ कुनै लक्षण देखापर्दैन। अन्य सामान्य शारीरिक समस्या देखापर्छन्। जसको उपचारको क्रममा ब्लड क्यान्सर भएको थाहा हुन्छ।

शरीरमा नीला दाग देखापर्नु, बारम्बार संक्रमण हुनु, घाउ चोटपटक लाग्दा रगत नरोकिनु, थकान र कमजोरी देखिनु, तिब्र रुपमा तौल घट्नु, हड्डी तथा जोर्नी दुख्नु, भोक नलाग्नु, पेटमा समस्या दखिनु आदि ब्लड क्यान्सरका लक्षण हुन्।

ब्लड क्यान्सरका विभिन्न कारण हुन्छन्। किमोथेरापी गरेका व्यक्तिमा ब्लड क्यान्सर देखिन सक्छ।

रेडियसन र विकिरणको प्रभावबाट पनि क्यान्सर हुन सक्छ।

ब्लड क्यान्सरको अर्को कारक तत्व बेन्जिन केमिकल हो। वातावरणीय प्रदूषण, प्लाष्टिक उद्योग आदिबाट उक्त केमिकल निस्कने गर्छ।

ब्लड क्यान्सर बंगाशनुगत पनि हुन सक्छ। बालबालिकामा यस्तो देखिन्छ।

ब्लड क्यान्सरको उपचार केमोथेरापीबाट गर्न सकिन्छ। केमोथेरापीबाट करिब ७० प्रतिशत क्यान्सर निको हुन्छ।

ब्लड क्यान्सरको अर्को उपचार बोनम्यारो प्रत्यारोपण पनि हो। तर, नेपालमा यो अझै सहज हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad