ad ad

छापा खबर


सरकार छाड्ने तयारीमा समाजवादी पार्टी, सरकारको निरन्तरतामा के असर पर्ला?

सरकार छाड्ने तयारीमा समाजवादी पार्टी, सरकारको निरन्तरतामा के असर पर्ला?

नेपालखबर
असार ३, २०७६ मंगलबार ०:५१,

नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बहिरिने तयारीमा छ।

सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरुको योजना छ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरणसँगै शीर्ष तहमा भएका छलफलपछि पार्टी सरकार छाड्ने मुडमा पुगेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्ले र वीरेन्द्र ओलीले लेखेका छन्।

नेकपा नेतृत्वको सरकारले आउँदो चार वर्षसम्म संविधान संशोधन नगर्ने समाजवादीको बुझाइ छ।

संविधान संशोधन नभए सर्त राखेर सरकारबाट बाहिरिने गरी एकता गरेको समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले बताए।

संघीय सरकार छाडेपनि प्रदेश २ को सरकारलाई भने जोगाउने उसको तयारी छ।

श्रोतका अनुसार अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच प्रदेश २ सरकारलाई भने नमूना बनाउने निष्कर्षसहित कायमै राख्ने सहमती भएको छ।

प्रतिनिधिसभामा नेकपाका एक सय ७३ जना सांसद छन्।

समाजवादी पार्टीमा १६ जना सांसद छन्। दुबै मिलाउँदा एक सय ८३ हुन्छ।

समाजवादी पार्टीले सरकार छाड्दा पनि सरकारसँग बलियो बहुमत कायमै हुन्छ। फोरम बाहिरिदा पनि सकारको निरन्तरतामा फरक पर्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .