छापा खबर


असोज अन्तिम साता सी नेपाल आउने, एक रात बसेर बेइजिङ फर्किने

असोज अन्तिम साता सी नेपाल आउने, एक रात बसेर बेइजिङ फर्किने

नेपालखबर
असोज ४, २०७६ शनिबार ०:३९,

चीनका राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ।

नेपाल र चीनबीच कूटनीति च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउने छन्।

उनी एक रात काठमाडौँ बसेर बैइजिङ फर्किने कार्यतालिका तय भएको छ।

तर, दुबै पक्षले अहिलेसम्म मिति भने खुलाएका छैनन्।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले भने, ‘चिनियाँ राष्ट्रपति आउने पक्का हो, मिति तय हुन बाँकी छ। तय भएपछि औपचारिक तयारी थाल्छौँ।’

सीको भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad