ad ad

छापा खबर


काठमाडौं उपत्यकामा चोरको बिगबिगी, यस्ता हुन्छन् पाकेटमाराका कोड भाषा

काठमाडौं उपत्यकामा चोरको बिगबिगी, यस्ता हुन्छन् पाकेटमाराका कोड भाषा

नेपालखबर
असार २, २०७६ सोमबार २:२०,

राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान!

प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ ।

पाकेटमाराले प्रहरीलाई नै चकित पार्ने गरी पाकेटमारी र चोरी गर्दै आएको पाइएको छ । उनीहरुमध्ये कतिपयले त आफूलाई प्रहरी संगठनकै सदस्यका रुपमा समेत प्रस्तुत गर्ने गरेको बताइएको छ ।

व्यावसायिक पाकेटमाराले विभिन्न क्षेत्र छुट्ट्याएर कोड भाषा प्रयोग गरी पैसा, मोबाइल तथा सुन चाँदी भएका व्यक्ति पहिचान गरी आफ्नो धन्दा चलाउँदै आएका छन् ।
प्रहरीले जेठमा मात्रै ८२ जना पाकेटमारा तथा चोरलाई रंगेहात पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको सूचना आएपछि जेठभर सुरु गरेको विशेष अभियानका क्रममा ७८ पुरुष र ४ महिला पाकेटमारा तथा चोरहरु पक्राउ परेको जनाएको छ ।

परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले यातायात व्यवसायीसँगको सहकार्यबाट सार्वजनिक यातायातमा सादा पोसाकका प्रहरी परिचालन गरी उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाए। याे खबर आजको राजधानी दैनिकमा छापिएकाे छ। 

‘एक महिने अवधिमा प्रहरीले ठूलो सफलता पाएको छ, यसबाट राजधानी थप सुरक्षित हुनेछ,’ उनले भने ।

पक्राउ परेकालाई परिसरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अभियानका क्रममा सार्वजनिक यातायातमा २ देखि ६ जनासम्मको समूह बनाई बसमा छिर्ने र पैसा भएको व्यक्ति बनाई गोप्य भाषा ९कोड भाषा० प्रयोग गरी घेराबन्दीमा पार्ने र त्यसपछि मोबाइल, नगद तथा सुनचाँदी पकेट मारेर भाग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

एकजना पाकेटमाराले त आफू प्रहरी हबल्दार भएको भन्दै प्रस्तुत गरेको समेत प्रहरीले जनाएको छ ।
पाकेटमाराका कोड भाषा
पैसा–द
मोबाइल–कान
पाकेटकारी पीडित– रामे
पाकेटकारी गर्ने (मास्टर)–काशी
पैसा धेरै छ–टानको द
पैसा थोरै छ–जुटको द
गाडी–काचा
केटा– छापा
केटी– भद्री
पुलिस आयो– ठूल्दाइ आयो
ड्राइभर–माम
खलासी– मले
गाडीबाट झरेर भाग–टप्की
गाडीभित्र अगााडि सर– अकल जा
गाडीभित्र पछाडि सर– चिछल जा

अभियानका क्रममा पाकेटमारी गर्दै गरेको अवस्थामा विभिन्न व्यक्तिको ६ लाखभन्दा बढी नगद बरामद गरी तत्काल सम्बन्धितलाई फिर्ता गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी गराए । सो क्रममा पाँचथरका नगेन्द्र लिम्बूको २ लाख नगद पाकेट मार्ने क्रममा प्रहरीले रंगेहात पक्राउ गरी लिम्बूलाई फिर्ता गरिसकेको छ।

बरामद भएको ९३ हजार रकम चोरी मुद्दा चलाई अदालतबाट प्रमाणित गरेर फिर्ता गर्ने क्रममा रहेको जानकारी दिइयो ।

परिसरका अनुसार कानुनबमोजिम पहिलोपटक पक्राउ पर्नेलाई एक महिना जेल तथा बिगो बराबरको जरिमाना, दोस्रोपटक पक्राउ पर्नेलाई दुई महिना जेल सजाय र बिगो बराबरको जरिमाना वा दुवै सजाय हुने र सार्वजनिक सेवा अवरुद्ध गरेको अभियोगमा मुद्दा चलाइनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .