छापा खबर


थप्पडको बदलामा साथीको हत्या गर्ने १८ वर्षपछि पक्राउ

थप्पडको बदलामा साथीको हत्या गर्ने १८ वर्षपछि पक्राउ

नेपालखबर
भदौ २४, २०७६ मंगलबार २:०,

थप्पड हानेको निहुँमा साथीको हत्या गर्ने व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ का ३८ वर्षीय भीमसेन भण्डारीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

७ साउन ०५८ मा उनले कोटेश्वर महादेवस्थानमा अशोक राईको हत्या गरेका थिए । हत्यापछि उनी काठमाडौं उपत्यकामै बस्दै आएका थिए ।

तर, उनी पक्राउ परेका थिएनन् । सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

अभियुक्त पक्राउ नपर्दा सो मुद्दा १८ वर्षदेखि महानगरीय प्रहरी वृत्त बानेश्वरमा असफल अनुसन्धानको सूचीमा थियो । १८ वर्षपछि फेरि सो फाइल खुलेको छ ।

फरार रहेका भण्डारी पछिल्लो समय भक्तपुरमा सहचालकका रूपमा काम गर्दै आएको सिआइबीका प्रवक्ता एसपी दीपक रेग्मीले बताए ।

मादक पदार्थ सेवन गर्ने क्रममा विवाद भएपछि भण्डारीले राईको हत्या गरेका थिए । विवादकै क्रममा भण्डारीमाथि राईले गालामा थप्पड हनेपछि प्रतिशोधमा राईले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ।

महादेवस्थानमा निर्माणाधीन घरको सामान कुर्न बसेका वेला हत्या भएको थियो । पक्राउपछि बानेश्वर वृत्तले उनीमाथि अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad