ad ad

छापा खबर


नेपाल र भारतका प्रधानमन्त्रीले यसरी गर्दैछन् एकसाथ पेट्रोलियम पाइपलाइनको उद्घाटन

नेपाल र भारतका प्रधानमन्त्रीले यसरी गर्दैछन् एकसाथ पेट्रोलियम पाइपलाइनको उद्घाटन

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ३:८,

नेपाल भारत पेट्रोलियम पाइपलाइनको औपचारिक उद्घाटन भदौ २४ गते मध्याह्न १२ः१५ बजे गरिँदै छ।

नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्ना देशबाट रिमोटमार्फत पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

मन्त्रालयका अनुसार भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अमलेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिँदै छ।

दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा मोतीहारी डिपोबाट तेल पठाउने भल्वको स्विच अन गर्नेछन्। तत्काल पुनः दुवै प्रधानमन्त्रीले नेपालको अमलेखगञ्ज डिपोमा तेल खस्ने भल्वको पनि स्विच अन गर्नेछन्।

त्यसलगत्तै भारतबाट पाइपलाइनमा नियमित डिजेल ल्याइने छ। प्रधानमन्त्री केपी शर्मा ओली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव र उद्योग तथा वाणिज्य मन्त्रालयका दुई जना सचिवसहितको टोली सिंहदरबारमा हुने छन्।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र पेट्रोलियम पाइपलाइन परियोजनाका नेपाली तथा भारतीय प्रमुख उक्त दिन अमलेखगञ्जस्थित डिपोमा रहने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .