ad ad

छापा खबर


सडक नै नभएको ठाउँमा आठ करोडको पुल, निर्माण सुरु भएपछि मात्र स्थानीयले थाहा पाए

सडक नै नभएको ठाउँमा आठ करोडको पुल, निर्माण सुरु भएपछि मात्र स्थानीयले थाहा पाए

नेपालखबर
असार १, २०७६ आइतबार ३:२१,

सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ।

पुलको दुवैतर्फको भागमा सडकको ट्रयाकसमेत खोलिएको छैन। यो खबर आजको नयाँ पत्रिका दैनिकमा दोलखाबाट श्याम खतिवडाले लेखेका छन्।

गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्रयाक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोड लागतको पुल निर्माणका लागि ठेक्का लगाएको थियो । दोलखाको व्यापारिक केन्द्र सिंगटी बजार पुग्नुभन्दा झन्डै चार किलोमिटरअगाडिको बन्चरेभन्दा डेढ किलोमिटर तल तामाकोसी नदीमा बन्दै गरेको पुलसम्म पुग्न सडक खन्ने काम विभाग आफैँले गरेको थियो ।

५० लाख बजेट खर्चेर विभागले पुलसम्म पुग्ने झन्डै डेढ किलोमिटर बाटो बनाएपछि बल्ल स्थानीयले थाहा पाए खोलामा पुल बन्दै छ भनेर । त्यसअघि न सडकको ट्र्याक नै थियो, न त पुल हुँदै पुग्ने गन्तव्यका बारेमा चर्चा नै।

सडक विभागले ०७१ मा ६० मिटर लामो आर्क डिजाइनको पुल बनाउन लगाएको ठेक्काअनुसार अहिले काम भइरहेको छ। ठेकेदार कम्पनीले भूकम्प, नाकाबन्दी र पुलसम्म पुग्ने सडककै कारण काममा ढिलाइ भएको जनाएको छ ।

बन्चरेबाट उक्त पुलसम्म पुग्ने सडक अहिले पनि पूरै अस्तव्यस्त छ । सो बाटो भएर कुनै पनि सवारीसाधन चल्ने अवस्थासमेत छैन । कन्काई इन्टरनेसनल बिल्डर्सले दोलखाको रिमाल निर्माण सेवालाई सब कन्ट्र्याक्टरका रूपमा कामको जिम्मेवारी सुम्पेको थियो ।

दोलखास्थित रिमाल निर्माण सेवाका प्रमुख हेमराज रिमालले दुवैतर्फ आवत–जावत गर्ने एप्रोच सडक नभएकै कारण काममा ढिलाइ भएको बताए । त्यसबाहेक ठेक्का सम्झौता भएलगत्तैको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दीले समेत काममा उल्लेख्य प्रगति हुन नसकेको रिमालको दाबी छ ।

स्थानीय बुधवीर थामीले आफूहरूले धेरैपछि मात्रै पुल बन्न लागेको खबर थाहा पाएको सुनाए। सुरुमा सडक नै नभएको ठाउँमा पुल बनाउन लागेको देख्दा आफूहरू निकै अचम्ममा परेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .