ad ad

छापा खबर


कूटनीतिक मर्यादा नाघेर प्रधानमन्त्री ओलीले गरे जयशंकरसँग एकान्त वार्ता

कूटनीतिक मर्यादा नाघेर प्रधानमन्त्री ओलीले गरे जयशंकरसँग एकान्त वार्ता

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ०:५३,

प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक मर्यादा नाघेर भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरसँग एकान्त वार्ता गरेका छन्।

ओली–जयशंकर वार्ताले दुई देशबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक दुई घन्टा पछि धकेलिएको थियो ।

अपराह्न ३ बजेलाई तय भएको आयोगको बैठक ५ बजे मात्रै सुरु भएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

प्रधानमन्त्री ओलीसँगको वार्ता पूर्वनिर्धारित नरहेको संकेत विदेशमन्त्री जयशंकरले ट्विटरमा दिएका छन् । व्यस्तताबीच प्रधानमन्त्री ओलीले समय दिएकोमा आफूलाई सन्तोष लागेको जनाएका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यानो र विस्तृत छलफल भयो । अत्यन्त व्यस्तताबीच र पूर्वनिर्धारित व्यस्तताबीच मलाई स्वागत गर्नुभएकोमा प्रशंसा गर्छु,’ जयशंकरले ट्विट गरेका छन् ।

विगतमा संयुक्त आयोगको बैठक सम्पन्न भएपछि मात्रै विदेशमन्त्रीहरूले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने चलन थियो । पाँच वर्षअघि भएको आयोगको तेस्रो बैठक सकिएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेकी थिइन्।

प्रधानमन्त्रीसँग एकान्त वार्ता गरेपछि मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी जयशंकरबीच भेटवार्ता भयो । संयुक्त आयोगको बैठकअघि ज्ञवाली र जयशंकरबीच होटेल याक एन्ड यतीमा करिब १५ मिनेट भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओलीसँगै दुई देशबीचका सबै विषयमा छलफल भएका कारण परराष्ट्रमन्त्रीद्वयबीचको भेटवार्ता सामान्य शिष्टाचारमा सीमित रहेको कूटनीतिक स्रोतले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .