ad ad

छापा खबर


पूर्व पोर्नस्टार सनी लियोनी किन आउँदैछिन् काठमाडौँ?

पूर्व पोर्नस्टार सनी लियोनी किन आउँदैछिन् काठमाडौँ?

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ०:३९,

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन्।

उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन्। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल। म सनी लियोनी। मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदै छु।’

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो फिल्मको ‘आजको साम...’ गीतमा यी अभिनेत्रीले निकै कामुक नृत्य प्रस्तुत गरेकी छन्।

यो गीतको भिडियो बनाउन ३ करोड खर्च भएको दावी निर्माण पक्षको छ।

फिल्मको प्रिमियर २५ भदौमा हुँदैछ। २७ भदौबाट मुलुकका सिनेमा हलमा फिल्म पासवर्ड लाग्दैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .