छापा खबर


आवश्यकताभन्दा दोब्बर बढी नुन खान्छन् नेपाली

आवश्यकताभन्दा दोब्बर बढी नुन खान्छन् नेपाली

नेपालखबर
माघ २०, २०७७ मंगलबार १:५६,

देशभर अनुमानित ६६ लाख सर्वसाधारण अझै पनि ढिकेनुनकै भरमा रहेको पाइएको छ।

स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको २२ प्रतिशत ढिकेनुन प्रयोग गरिरहेका छन् । जसमध्ये अनुमानित २९ लाखले यो नुन पखालेर खाने गरेका खबर आजको राजधानी दैनिकले छापेको छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ३० हजार ७९ रहेको छ । सरकारले ढिकेनुन प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयनमा आउन सकेको छैन।

स्वास्थ्य सेवा विभाग अन्तरगत तत्कालीन बाल स्वास्थ्य शाखाले ढिकेनुन प्रयोग नगर्न भन्दै सम्बद्ध निकायलाई परिपत्र गरेको थियो । तर अझै यो प्रयोग हुँदै आएको छ।

स्वास्थ्य मापदण्डअनुसार दैनिक एकजनाले ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्छ । तर एक जना नेपालीले दैनिक औसत ९.१ ग्राम नुन खाने गरेका छन्।

सामान्यतय एक वयस्क मानिसलाई दैनिक १ सय ५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad