ad ad

छापा खबर


तातिँदै पृथ्वी, वैज्ञानिकले दिए यस्तो चेतावनी

तातिँदै पृथ्वी, वैज्ञानिकले दिए यस्तो चेतावनी

नेपालखबर
साउन १८, २०७६ शनिबार ०:१२,

जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै गएको छ। सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ।

वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन्।

तीव्र औद्योगिककीकरणका कारण सन् १८५० देखि सन् १९०० सम्मको अवधि अत्यधिक तातेको थियो। त्यसयता १ डिग्री तापक्रम बढिसकेको छ।

यसलाई वैज्ञानिकहरूले अत्यन्त जोखिमपूर्ण मानेका छन्। बीबीसीले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।

विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न नसके जलवायु परिवर्तनका घातक प्रभावबाट जोगिन नसकिने उनीहरूले औंल्याएका छन्।

न्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज -आइपीसीसी_ले बढ्दो तापक्रम नियन्त्रण गर्न नसके ठूलो विनाशको सामना गर्नुपर्ने चेतावनी दिइसकेको छ।

अहिलेकै गतिमा रहने हो भने यो शताब्दीको अन्त्यसम्ममा ३ देखि ५ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने वैज्ञानिकहरुले आँकलन गरेका छन्।

त्यसरी तापक्रम बढेमा समुद्री सतह उठ्ने, लाखौं मानिस विस्थापित हुने, कतै खडेरी पर्ने, कतै भारी वर्षा हुने अवस्था आउनेछ। धान, मकै, गहुँजस्ता अन्नबाली उत्पादन क्षमता पनि खतरामा पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .