छापा खबर


बेलायतबाट नेपालमा नयाँ भाइरस भित्रिएको आशंका, २३५ जना निगरानीमा

बेलायतबाट नेपालमा नयाँ भाइरस भित्रिएको आशंका, २३५ जना निगरानीमा

नेपालखबर
पुस १२, २०७७ आइतबार १:०,

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्।

उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए÷नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

मन्त्रालयका प्रवक्ता प्रा.डा।.जागेश्वर गौतमले बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको जानकारी दिए। स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले बुधबार बसेको नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको छ÷छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो।

नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो। त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको डा.गौतमले बताए।

मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्रयोगशालामा स्वाब परीक्षण गर्न आग्रह गरेको छ।

बेलायतमा असोजमै पहिलो पटक नयाँ भाइरस देखापरेको थियो। अहिले फ्रान्स डेनमार्क, नाइजेरियालगायत मुलुकमा नयाँ स्वरुपको कोरोना भाइरस देखापरेको छ। यस भाइरसले त्रास बढाएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीले बेलायतबाट आएका व्यक्तिको नमुना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया सुरु गरिने बताए। ‘स्वाब लिइसकिएको छैन। स्वाब लिएको हप्ता÷दश दिनभित्र नतिजा आइसक्छ’, डा.ज्ञवालीले भने। डा.ज्ञवालीका अनुसार दोस्रो पटक गर्न लागिएको आनुवंशिक अध्ययनमा ४०÷५० वटा स्याम्पल लिएर अध्ययन गरिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad