ad ad

छापा खबर


पार्टी मुख्यालय नै असुरक्षित छ भनेर ओलीले दिन खोजेको सन्देश के हो?

 पार्टी मुख्यालय नै असुरक्षित छ भनेर ओलीले दिन खोजेको सन्देश के हो?

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार २:५४,

लामो समयपछि पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि अन्तिम समयमा बालुवाटार सारियो।

शनिबार बसेको सचिवालय बैठकले धुम्बाराहीमै बैठक गर्ने निर्णय गरे पनि ‘सुरक्षा जोखिम’का कारण प्रधानमन्त्री पार्टी कार्यालय जान नमानेको नेताहरूको भनाइ छ ।

तर, सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित छैन भने प्रधानमन्त्री केपी ओलीले कस्तो देश चलाइरहेका छन्? विपक्षी मात्र होइन, सत्तारुढ दलकै नेताले पनि गम्भीर प्रश्न उठाएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित नरहेको खबरले देशको समग्र सुरक्षा अवस्था राम्रो नभएको सन्देश गएको राजनीतिक दलका नेताहरूले टिप्पणी गरेका छन् । केही ‘सुरक्षा थ्रेट’को विषय उठाएर देशको प्रतिष्ठामाथि खेलबाड गरिएको बताउँछन् भने केहीचाहिँ प्रधानमन्त्री निवासबाटै यो खबर आएकोले हलुका ढंगले टिप्पणी गर्न नहुने बताउँछन्।

पूर्वरक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधान प्रधानमन्त्रीले नै आफ्नै पार्टी कार्यालयमा ‘सुरक्षा जोखिम’ छ भन्नु गैरजिम्मेवार टिप्पणी भएको बताए ।

‘अहिले नेकपाकै सरकार छ, देशको सुरक्षाको जिम्मा उहाँहरूको हातमा छ, तर पार्टी कार्यालयमा सुरक्षा जोखिम छ भनेर के सन्देश दिन खोज्नुभएको हो?’ उनले भने, ‘यो त निम्नस्तरको राजनीति भयो । यसले त देशकै विषयमा एकदमै नकारात्मक सन्देश प्रवाह भएको छ । यो एकदमै गैरजिम्मेवारपूर्ण भनाइ हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .