अभिनेत्री स्वस्तिमा खड्का फिल्म हजार जुनीसम्मको ट्रेलर रिलिज कार्यक्रममा आफूले दिएको अभिव्यक्तिका कारण विवादमा परिन्।
उनले पारिश्रमिकका विषयमा दिएको अभिव्यक्ति नायिका पूजा शर्मासँग जोडिएर समाचार बने। यसै परेरिफेरिमा रहेर नयाँ पत्रिकाकर्मी नवीन प्यासीसँग उनले अनुभव साटेकी छन्। प्रस्तुत छ केही कुरा :
हजार जुनीसम्मको फिल्मको ट्रेलर रिलिज प्रोग्राममा तपाईंले दिएको अभिव्यक्ति नायिका पूजा शर्मासँग तुलना गरेर आए नि ?
मैले भनेको कुराप्रति म विश्वस्त छु। मलाई नायिका पूजा शर्माले यति पारिश्रमिक लिएको भन्ने थाहा थिएन। म घर आएपछि युट्युबमा पूजा शर्मासँग जोडिएको समाचार देखेँ। पूजाले २० लाख लिएको पनि मलाई थाहा थिएन। तर मेरो अभिव्यक्ति लगानीसँग जोडिएको थियो।
मैले व्यक्त गरेको विचारप्रति मलाई पछुतो छैन। मलाई चित्त नबुझेको कुराचाहिँ युट्युबरहरू एउटा क्यामेरा र माइब बोकेर कसले के भन्छ र कन्ट्रोभर्सियल कुरा गर्छ भनेर पर्खेर बसेका हुन्छन्। म उहाँहरूलाई पत्रकार भन्दिनँ।
पत्रकारिताप्रति तपाईंको धारणा के हो?
पत्रकारलाई विश्वास गर्छु, तर युट्युबरलाई गर्दिनँ। दुई वर्षदेखि उहाँहरूप्रति विश्वास छैन। युट्युबरहरू पत्रकार होइनन्। उनीहरूले पत्रकारिताको संस्कृति बिगारिरहेका छन्।
प्रतिक्रिया