ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य केवल हास्यव्यंग्य र अभिनयमा सीमित छैनन्, उनी बेलाबेला रमाइला, जीवन भोगाइ र सामाजिक गीत पनि ल्याइरहन्छन्।
यसै क्रममा हरिवंशले पछिल्लोपटक वृद्धवृद्धाको अनुभव र मानसिकतालाई समेटेर बूढो हुन मन छैन बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।
मह सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा स्वर हरिवंश आचार्यको छ भने संगीत संयोजन जीवित जलामीको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ।
गीतको म्युजिक भिडियोमा हरिवंशका साथ नरेन्द्र कंसाकारको अभिनय छ।
प्रतिक्रिया