उपत्यकामा पर्याप्त तरकारी भित्रिए पनि बजारमा उच्च मूल्य वृद्धि भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ८सय टन तरकारी भित्रिन्छ। मुलुकभर वर्षा र बाढीपहिरो गए पनि तीन दिनयता तरकारी बजारमा आयात सामान्य नै छ।
बजारमा तरकारीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ। ‘आइतबारदेखि तरकारीको आयात राम्रो छ। आयातित परिमाण अन्य दिनसरह नै हो,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘तरकारी उल्लेख्य नै छ। सामान नआएका कारण मूल्य बढ्नुपर्ने अवस्था छैन।
तरकारी मागअनुसार भित्रिए पनि बजारमा अधिकांश तरकारीको मूल्य सय रुपैयाँ नाघेको छ। यो खबर आजको कान्तिपुरमा राजु चौधरीले लेखेका छन्।
जानकारका अनुसार बाढीपहिरोको बहानामा बिचौलियाले मौका छोप्दा किसानसँगै उपभोक्ता पनि मर्कामा परेका छन्। तर सरकारले अनुगमनमा चासो नदिँदा मनपरी बढेको सरोकारवालाको भनाइ छ।
प्रतिक्रिया