छापा खबर


किन खुम्चिँदै छ खाडीको श्रम बजार? यस्तो रै’छ तथ्य

किन खुम्चिँदै छ खाडीको श्रम बजार? यस्तो रै’छ तथ्य

नेपालखबर
साउन १, २०७६ बुधबार २:४१,

नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिँदै गएको छ।

साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।

आर्थिक वर्ष २०७५र७६ मा विदेश जाने नेपाली कामदारको संख्या १६.९५ प्रतिशतले कम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अपेक्षाअनुसार बढ्न नसक्दा ती देशले ठूल्ठूला नयाँ आयोजना सञ्चालन गर्न सकेका छैनन् । दक्ष जनशक्ति चाहिने र सहज हुने प्रकृतिका क्षेत्रमा आफ्नै नागरिकलाई रोजगार दिने नीति उनीहरूले लिएका छन् ।

केही वर्षअघिसम्म खाडी मुलुकले नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट बढी कामदार लैजान्थे । पछिल्ला चार आर्थिक वर्षको तथ्यांकअनुसार नेपालसहित यी तीनवटै देशबाट जाने कामदारको संख्या निरन्तर घट्दोछ।

वैदेशिक रोजगार व्यवसायीका अनुसार नेपालले मागपत्र प्राप्त गर्न बंगलादेश, भारत र पाकिस्तानसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्छ ।

 किन घट्दै छ आप्रवासी कामदार?
खाडी क्षेत्रमा ५ जुन २०१७ देखि देखिएको कूटनीतिक संकट यथावत् छ । साउदी अरबको नेतृत्वमा यूएई, बहराइन, इजिप्टले कतारलाई लगाएको नाकाबन्दीले नेपालीसहितको श्रमिकको रोजगारीमा ठूलो असर परेको छ।

नाकाबन्दीले कतारलाई मात्रै असर परेको छैन, साउदी, यूएई, बहराइन, ओमन र कुवेतमा कार्यरत नेपालीले समेत रोजगारी गुमाउनुपरेको छ।

कतारमा साउदी, यूएई र बहराइनका नागरिकद्वारा सञ्चालित कम्पनीहरू बन्द भएका छन्।

‘जुन कम्पनीको साहू ९स्पोन्सर० परिवर्तन गर्न सफल भयो, ती सञ्चालन भएका छन् । जसको साहू परिवर्तन भएन ती बन्द भए,’ खाडीका एक नेपाली राजदूतले भने, ‘झन्डै डेढ वर्षमा हजारौं नेपालीको रोजगारी गयो ।’

अर्कोतिर कतारमा खाद्यान्न र निर्माण सामग्री पठाउने यूएई र साउदी अरबमा रहेका सयौं कम्पनी बन्द भए ।

ती कम्पनीमा रहेका हजारौं कामदारले अरू कम्पनीमा रोजगार पाउन सकेनन् । कैयौं कम्पनी नाजुक अवस्थामा सञ्चालित छन् । यूएई र बहराइनका होटलहरू धरापमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .