छापा खबर


देशभर दसवटा ‘आर्क ब्रिज’ बन्ने, कहाँ कहाँ बन्दैछन्?

देशभर दसवटा ‘आर्क ब्रिज’ बन्ने, कहाँ कहाँ बन्दैछन्?

नेपालखबर
असार ८, २०७७ सोमबार ०:५७,

देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ।

सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ। पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन्।

दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागले जनाएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

विभागका अनुसार नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), बाग्मती नदी (शङ्खमूल, काठमाडौँ), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा), बकैया नदी (मकवानपुर) र बाग्मती नदी (सर्लाही–रौतहट) मा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो।

सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले ‘सिग्नेचर पुल’ निर्माण हुने स्थान चयन भई अध्ययन भइरहेको जानकारी दिए। ‘चिनियाँ, भारतीय र स्विस पुल विज्ञहरूबाट अहिले अध्ययन भइरहेको छ,’ उनले भने।

पुलको अध्ययन तथा डिजाइन नेपाल सरकारले आफ्नै लगानीमा गर्ने तथा निर्माण आन्तरिक स्रोत र दातृ निकायको सहयोगमा गरिने जानकारी प्रमुख भट्टराईले दिए।

सिग्नेचर पुल’को निर्माण लागत अन्य साधारण पुलको भन्दा महँगो हुन्छ । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिने ‘सिग्नेचर पुल चार लेनको तथा बाँकी पुल दुई लेनको हुने जानकारी उनले दिए।

डिउईले नेपाल बसेर सिग्नेचर पुलको डिजाइन गर्नुका साथै नेपाली इन्जिनियरलाई यस विषयमा सीप हस्तान्तरण गर्नेछन् । डिउईको डिजाइनमा यसअघि भारत, श्रीलङ्कालगायत विश्वका विभिन्न मुलुकमा ‘सिग्नेचर पुल’ निर्माण भइसकेका छन्।

सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्र्जुनजङ्ग थापाले मुलुकका दस ठाउँमा ‘सिग्नेचर पुल’ निर्माणका लागि विश्व बैङ्कसँग १२ अर्ब रुपियाँ बराबरको ऋण सहयोग सम्झौता भइसकेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad