मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ।
अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन्।
हेडवक्र्सको काम भने भइरहेको छ। समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि अझै आठ महिना बाँकी छ । कोरोना भाइरसका कारण भइरहेको बन्दाबन्दीमा आयोजना प्रभावित भए पनि काम नरोकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।
निर्माण सम्झौता अवधिभित्रै काम सम्पन्न हुने पन्तको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ।
सरकारले मेलम्ची पहिलो र दोस्रो चरणका लागि पाँच अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको छ । जस अनुसार दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङमा मिसाइने छ।
मेलम्ची खोलाको पानी पहिलो चरणमा दैनिक १७ लाख लिटर काठमाडौँ उपत्यकामा आउने छ । दोस्रो चरणको आयोजना अन्तर्गत याङ्ग्री र लार्के खोलाको पानी पनि मेलम्ची सुरुङ मार्गमा मिसाइने छ।
जसमा याङ्ग्री र लार्केबाट दैनिक १७/१७ करोड लिटर पानी थप हुनेछ । याङ्ग्री र लार्के खोलाको पानी मिसाएपछि काठमाडौँमा दैनिक ३४ करोड लिटर पानी आउनेछ।
Shares

प्रतिक्रिया