छिमेकी मुलुक भारतबाट जम्मा २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ।
तर मुलुकको वास्तविकता यही हो। यो खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।
आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार २० लाख रुपैयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ कर बुझाउनुपर्ने भएको हो।

प्रतिक्रिया