छापा खबर


डा.शेरबहादुर पुन भन्छन् -मिडिया र जनताको आवाजले ममाथिको कारबाही रोकियो

डा.शेरबहादुर पुन भन्छन् -मिडिया र जनताको आवाजले ममाथिको कारबाही रोकियो

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ०:१७,

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले मिडिया र जनताको आवाजले आफूलाई कारबाही गर्नबाट सरकार पछि हटेको बताएका छन्।

स्वास्थ्य मन्त्रालयबाट आफूलाई चिठी लेख्नेदेखि धम्की दिनेसम्मका काम भएका तर मिडियाकै कारण ती सबैबाट मन्त्रालय ब्याक भएको उनले बताएका छन्।

डा.पुनसँगको विस्तृत अन्तर्वाता आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

‘धेरै मिडियाले मलाई साथ दिनुभयो। शेरबहादुर पुनलाई व्यक्तिगत रुपमा माया गरेर होइन, एउटा पेसाकर्मीलाई हतोत्साहित गर्न पाइँदैन भनेर उहाँहरुले लेख्नु भएको हो,’ पुनले भनेका छन्।

उनले आगामी दिनमा पनि देश र जनताको स्वास्थ्यमा नियमित योगदान दिने र संक्रामक रोगको विषयमा जनतालाई नियमित सुसूचित गराउने कुरामा आफू निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .