छापा खबर


भान्जी जोगाउन खोज्दा आफैँमाथि निर्घात कुटपिट

भान्जी जोगाउन खोज्दा आफैँमाथि निर्घात कुटपिट

नेपालखबर
चैत २७, २०७६ बिहिबार ०:५७,

सप्तरीमा भान्जीलाई कुटपिटबाट जोगाउन खोज्दा एक युवक आफैँ निर्धात कुटिएका छन्।

राजविराज नगरपालिका १ बस्ने ३८ बर्षिय रामचन्द्र साहमाथि निर्घात कुटपिट भएको खबरआजको राजधानी दैनिकले छापेको छ। उनी आफ्नै दाजु मिश्रीलाल र भतिजा अरबिन्द्रबाट निर्धात कुटिएका हुन्। घाईते भएका रामचन्द्रलाई स्थानियले उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरेका छन्।

उनको टाउकोमा ६ वटा टाका लगाईएको छ भने शरीर भर चोटपटक रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ। प्रत्यक्षदर्शीका अनुसार बुधबार विहान ९ बजे तिर मिश्रीलालले घरमै पाहुना आएकी १० बर्षिया भान्जीलाई घरायसी विवादमा कुटपिट गर्दै थिए।

उनी रोएको आवाज सुनेर बचाउन आएका रामचन्द्रमाथि मिश्रीलाल र उनका छोरा अरबिन्द रामचन्दर माथि नै खनिएका थिए । बाबु छोराको अन्धाधुन्द लठी प्रहारबाट रामचन्दर घटनास्थलमै वेहोस भएका थिए।

मिश्रीलाल र रामचन्द्र सहोदर दाजु भाई हुन । हाल दाजु भाईको बसोबास भने छुट्टाछट्टै रहेको छ । पिडितका आफन्तले घटनामा संलग्न बाबु छोरालाई तत्काल पक्राउ गरी कानून बमोजिम कार्यवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।

डिएसपी तिलकभारतीले घटनामा संलग्न बाबु छोरा फरार रहेको र खोज तलास भईरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .