प्रधानमन्त्री केपी ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई) सँग भएको सम्झौताबारे आफू जानकार नभएको बताएका छन् ।
मंगलबार बसेको नेकपाको सचिवालय बैठकमा नेताहरूले प्रश्न उठाएपछि उनले यस्तो जानकारी दिएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
‘स्वास्थ्य सेवा विभागका महानिर्देशकको स्तरमा सम्झौता भएको रहेछ, तर मलाई सम्झौताअघि जानकारी नै थिएन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने।
बैठकमा नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओम्नीमार्फत खरिद गरिएको गुणस्तरहीन स्वास्थ्य सामग्रीका कारण पार्टीको प्रतिष्ठा धुमिल भएको भन्दै आलोचना गरेका थिए।
3
Shares

प्रतिक्रिया