ad ad

छापा खबर


काेराेना नियन्त्रणका लागि स्वास्थ्य सामग्री बोकेर नेपाल आउँदै चिनियाँ जहाज

काेराेना नियन्त्रणका लागि स्वास्थ्य सामग्री बोकेर नेपाल आउँदै चिनियाँ जहाज

नेपालखबर
चैत ११, २०७६ मंगलबार २:१३,

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ।

चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

नेपाल सरकारले आफूसँग कोरोना भाइरससंँ लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउने तयारी गरेको हो।

चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आउन लागेको हो। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ।

मन्त्रालयका अनुसार उक्त विमान मंगलबारसम्म काठमाडौं विमानस्थलमा अवतरण गर्ने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .