ad ad

छापा खबर


कोरोना उपचारका लागि यी अस्पतालमा थपिँदैछ १२० आइसियू बेड

कोरोना उपचारका लागि यी अस्पतालमा थपिँदैछ १२० आइसियू बेड

नेपालखबर
चैत ३, २०७६ सोमबार ०:२८,

सरकारले कोरोना संक्रमितको उपचारका लागि उपत्यकामा १२० शय्याको आइसियू थप गर्ने भएको छ।

टेकु अस्पतालमा ४०, सशस्त्र प्रहरी अस्पताल, वीर, पाटन र सैनिक अस्पतालमा २०–२० शैय्याको आइसियू बनाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यी आइसियू कोरोना संक्रमितका लागि मात्रै प्रयोग हुने खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

आइसियू सेटअपका लागि सशस्त्र प्रहरी अस्पतालले मन्त्रालयसँग सात करोड ६४ लाख ७४ हजार सात सय रकम मागेको छ।

त्यस्तै वीरले ११ करोड ९० लाख र पाटनले सात करोड ६४ लाख ७४ हजार सात सय बजेट मागेको छ।

टेकु अस्पतालले भने ४० मध्ये तत्काल १० शय्या थप्न सात करोड ५० लाख मागेको छ।

सैनिक अस्पतालले भने २० शय्याको आइसियू तयार पार्न अर्थ मन्त्रालयबाट सिधै बजेट पाउने छ। एक साताभित्र टेन्डर गर्ने तयारी छ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति पनि थप्ने भएको छ।

छात्रवृत्तिमा सरकारी तथा निजी क्षेत्रमा अध्ययन गरिरहेका बिएन नर्सहरुलाई उपचारमा खटाइने छ।

स्वास्थ्य मन्त्रालयले सोमबारदेखि उनीहरुलाई तालिम दिने भएको छ।

आइसियूमा भर्ना भएर उपचार गराउने कडा प्रकारको श्वास प्रश्वाससम्बन्धी रोगका बिरामीको पनि अब कोरोना परीक्षण गरिने भएको छ।

यस्ता बिरामीमा कोरोना भाइरस हुन सक्ने आशंकामा परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .