ललितपुर महानगरपालिकाले अब आफैं मास्क उत्पादन गर्ने भएको छ।
सामाजिक विकास तथा विपद् व्यवस्थापन समितिको निर्णयअनुसार महानगरका २९ वटै वडामा सिलाइबुनाइ तालिम लिएर बसेका महिलाले मास्क सिलाउने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए।
उनले भने, ‘जुन ठाउँमा धेरै आवश्यक पर्छ, त्यहाँ मास्क सिलाउन प्राथमिकता दिइन्छ।’ यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।
मास्कका लागि उत्तम खालको कटनको कपडा महानगरपालिकाले उपलब्ध गराउनेछ।

प्रतिक्रिया