छापा खबर


खरिपाटीका स्थानीय भन्छन्- ‘सञ्चारकर्मीको प्रश्नले घरमा बस्नै गाह्रो भो’

खरिपाटीका स्थानीय भन्छन्- ‘सञ्चारकर्मीको प्रश्नले घरमा बस्नै गाह्रो भो’

नेपालखबर
फागुन ६, २०७६ मंगलबार २:२२,

चाँगुनारायण नगरपालिका–७ खरिपाटीका स्थानीयले सञ्चारकर्मीले गर्ने प्रश्नले आफूहरूलाई घरमा बस्नै गाह्रो भइसकेको गुनासो गरेका छन्।

सञ्चारकर्मीहरूको प्रश्नले तनाव भएको सुनाउँदै उनीहरूले भने, ‘अब तपाईंहरूलाई गाली गर्ने बेला आएको छ। एकदम धेरै भइसक्यो। सहनुको पनि सीमा हुन्छ नि?’

यहाँका स्थानीय अहिले सञ्चारकर्मीदेखि आक्रोशित हुन थालेका अबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा ईश्वरकाजी खाइजूले लेखेकी छन्।

अब त सञ्चारकर्मीले प्रश्न सोध्दा नै झनक्क रिस उठ्ने गरेको स्थानीय महिला बताउँछन्। युट्युब र अनलाइनका पत्रकारले आफूहरूलाई वाहियात प्रश्न गर्ने गरेको उनीहरूको गुनासो थियो।

‘प्रश्न सोध्ने नै कस्तो, रोग लागेका मान्छेलाई ल्याएर राखिएको छ, के तपाईहरूलाई पनि संक्रमण हुन्छ कि?’, ती महिलाले भने, ‘यस्तो पनि प्रश्न हुन्छ? वाहियात प्रश्न?’

घरमा ताल्चा लगाएर खेतबारीमा जाँदासमेत कोरोना भाइरसको संक्रमण हुने त्रासले खरिपाटीका स्थानीयले घर छाडे, बसाइँ सरे भन्दा आफूहरूलाई सह्य नभएको भन्दै अर्का स्थानीय पद्मबहादुर महाजूले आक्रोश पोखे।

उनले आफ्नो घरपरिवारका कुनै पनि सदस्यले घर नछाडेको जानकारी दिए। ‘दिउँसो घरमा ताल्चा लाग्दैमा घर छाडेर भागेको हुन्छ?’, उनले प्रतिप्रश्न गरे, ‘दिउँसो हामी काम परेर कतै जान हुँदैन? खेतबारी पनि जान नपाउने, भोजमा जान नपाउने?’

सरकारले कोरोना भाइरस संक्रमित नल्याएको र चीनबाट पनि स्वस्थ मान्छे मात्रै पठाएको देखिसकेपछि संक्रमण हुन्छ भनी डराउनुपर्ने कुनै कारण नभएको महाजू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad