छापा खबर


सडकका इन्जिनियरले कसरी कमाए चार करोड सम्पत्ति?

सडकका इन्जिनियरले कसरी कमाए चार करोड सम्पत्ति?

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १:१२,

झन्डै चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एक इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरीविरुद्ध तीन करोड ९९ लाख ४४ हजार रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

सडक विभागअन्तर्गत कार्यरत रहँदा सडकका विभिन्न आयोजनामा बसी ठेकेदारसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी परेपछि आयोगले उनीमाथि छानबिन थालेको थियो।

गैरकानुनी सम्पत्ति आर्जन गरी श्रीमती र छोरासमेतका नाममा खरिद गरेको घर तथा जग्गा, विभिन्न बैंकमा रहेको मौज्दात, लगानी, अन्य खर्च र उनको आम्दानीसमेतको अनुसन्धानबाट उनले झन्डै चार करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

गैरकानुनी रूपमा आर्जन गरेको बिगो श्रीमती र छोरा तथा आफ्नै नाममा राखिएको सम्पत्तिबाट असुलउपर र जफत गर्न र नपुग बिगो चौधरी स्वयंसँग असुलउपर गरी जफत गर्नसमेत अख्तियारले माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad